सिञ्जा– कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ ।


ADVERTISEMENT


कालिकोट जिल्लाको पलाँता गाँउपालिका १ खाडामा भीषण आगलागी हुँदा ८७ बढी घर जलेर नष्ट भएका छन्। गएराती करिब १० बजेदेखि सुरु भएको आगो दिउसो १२ बजेमात्र नियन्त्रणमा आएको छ। आगलागीमा झण्डै ३ करोड बढीको क्षति भएको अनुमान गरिएको छ।


ADVERTISEMENT

# # #


परम्परागत शैलीका खरले छाएका छाना भएको १७९ घरधुरी रहेको गाँउको तल्लो छेउमा रहेको नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले ८७ घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार स्थानीय र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको छ।

प्रशासनका अनुसार आगलागीमा ७ जना स्थानीय घाइते भएको छन्। घाइते हुनेहरूमा ७० वर्षकी चन्द्ररुपा संज्याल, ७० वर्षका देवराज हमाल, ३५ वर्षका विष्णुऋषि न्यौपाने, ५८ वर्षका कर्णप्रसाद न्यौपाने, १० वर्षका करिस्मा न्यौपाने, ९ वर्षका त्नि न्यौपाने छन्।

प्रशासनका अनुसार चन्द्ररुपा संज्याल गम्भीर घाइते छन्। उनीहरूको उपचार पनि हुन सकेको छैन। प्रमुख जिल्ला अधिकारी कार्कीका अनुसार आगलागी पीडितहरूका लागि राहत संकलन अभियान थालिएको छ। कालिकोट उद्योग वाणिज्य संघले जिल्ला सदरमुकाम मान्म बजारमा राहत संकलन अभियान थालिएको छ। कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीको नेतृत्वमा कालिकोटका सम्पूर्ण व्यपारीहरू राहत संकलनमा जुटेका छन्।

यता कर्णाली सरकारले आगलागी पीडितलाई राहत घोषणा गरेको छ गरिसकेको छ ।