काठमाडौँ– एनआईसी एशिया बैंकले सुनसरीको पचरुखीमा बैँकिङ सेवा सुरु गरेको छ । बैँकले इटहरी उप–महानगरपालिका वडा नं ५, सुनसरी स्थित पचरुखी नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


सोमबार एक समारोहकाबीच बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले उक्त शाखाको उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


बैंक मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।