काठमाडौँ– कालिकोट जिल्ला पलापा गाउँपालिका–१ स्थित खाँडागाउँमा हिजो राति भएको आगलागीबाट ८७ घर नष्ट भएको घटनाप्रति नेपाली काङ्ग्रेसले दुःख व्यक्त गरेको छ ।


ADVERTISEMENT


आगलागीमा कुनै मानवीय क्षति नभएपनि सात जना घाइते भएका छन् । एक जनाको अवस्था चिन्ताजनक छ । आगलागीमा परी चौपायाको क्षति भएको छ ।


ADVERTISEMENT

# # #


आगो नियन्त्रणका लागि यथाशीघ्र सम्बन्धित निकायलाई परिचालन, पीडितको उद्धार गर्न, अस्थायी बसोवासको व्यवस्था मिलाउन र घाइतेको स्वास्थ्योपचारको व्यवस्था गर्न काङ्ग्रेसले सरकारसँग माग गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । पार्टीले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।