काठमाडौँ– प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको सुरुवातसंगै बैँकको शाखा कार्यालय संख्या ६८ पुगेको छ ।


ADVERTISEMENT


सोमबार एक समारोहकाबिच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाइरहेको बैँकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्दै लैजाने बताएको छ ।