काठमाडौं । प्रदेशका सांसदले पनि अनियमित रुपमा घरभाडा लिने गरेका छन्।


ADVERTISEMENT


प्रदेश राजधानीमै घर हुने र सरकारी आवासमा बस्नेले समेत घरभाडावापतको सुविधा बुझ्ने गरेका छन्।


ADVERTISEMENT

# # #


प्रदेश १ मा संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादव, नेकपाकी मीना यादव र लीलाबल्लभ अधिकारी तथा कांग्रेसकी बिन्दिया कार्कीको प्रदेश राजधानी विराटगरमा घर छ। तैपनि उनीहरुले मासिक १५ हजारका दरले प्रदेशसभाबाट घरभाडा रकम बुझिरहेका छन्।

प्रदेश २ का कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले आफ्नै घरमा बसेर सरकारबाट घरभाडा बुझ्दै आएका छन्। यादवसहित १४ सांसदले जनकपुरमै घर भएर पनि घरभाडा बुझ्ने गरेका हुन्।

प्रदेश ३ का केही सांसदले घरभाडाबापत आधा रकम बुझ्ने गरेका छन्। पोखरामा घर हुने गण्डकी प्रदेशका केही सांसदले भने आफ्नो घर पोखरामा नभएको भन्दै संसद्लाई ढाँटेर घरभाडा बुझ्ने गरेका छन्।

प्रदेश ५ को बुटवलमै घर हुने सांसदले पनि घरभाडा बुझ्ने गरेका छन्। कर्णाली प्रदेशका सांसद भने सरकारी क्वाटरमा बस्छन्। घरभाडाबापट रकम लिएर खल्तीमा हाल्छन्।

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा दुईवटा घर हुने सांसदले समेत संसदबाट घरभाडा बुझ्ने गरेका छन्।