काठमाडौं । बिहीबार पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ । पश्चिमी वायुको प्रभावले पश्चिमसहित पहाडी भूभागको मौसम आशिंक बदली भएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।


ADVERTISEMENT


उनको अनुसार बिहीबार पहाडी भूभागको मौसम खुल्ने संभावना कम छ । यस्तै, पश्चिमी पहाडी भूभागमा फाट्टफुट्ट पानी पर्नुका साथै उच्च हिमाली भेगमा हिमपात हुने उनको अनुमान छ ।


ADVERTISEMENT

# # #


आजै बेलुकीदेखि नै मौसममा सुधार आउने भए पनि दिउँसो पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा खुल्ने संभावना नरहेको मौसमविद् प्रधानाङ्गले बताए।

बुधबार १ दशमलव ५ डिग्रीमा झरेको काठमाडौंको न्युनतम तापक्रम आज ६ दशमलव २ डिग्री पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।