काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक बिहीबार पनि बस्दैछ । बिहीबारको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।


ADVERTISEMENT


बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । झन्डै दुई हप्तादेखि जारी अध्यक्ष ओलीले जवाफ दिएसँगै आजै सक्ने तयारी भएको छ । बुधबारै दुवै अध्यक्षले सम्बोधन गर्ने भनिए पनि संसद् बैठक भएकाले पार्टी बैठक छोट्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।


ADVERTISEMENT

# # #


बैठकमा सदस्यहरुले धारणा राख्ने क्रममा विधानको प्रस्तावनाबाट कम्युनिस्ट पार्टीको अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद राखेर साम्यवाद हटाइएको विषय, दोहोरो जिम्मेवारी खारेज, भ्रष्टाचारविरोधी अभियान, पार्टी सञ्चालन पद्धति र सरकार सञ्चालनमा स्वामित्वलगायतका विषयमा प्रश्न उठाएका छन् ।