काठमाडौँ– स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत बुधबार भएको मतदानमा दिउँसो ३ बजेसम्म ६२ प्रतिशत मत खसेको छ ।


ADVERTISEMENT


निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो विवरण अनुसार, सबैभन्दा बढी उदयपुर र डडेलधुरामा मतदान भएको छ । दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३३४ स्थानीय तहमा भएको निर्वाचनमा मतदान जारी छ ।


ADVERTISEMENT

# # #


यसैगरी, ताप्लेजुङ, खोटाङ, डडेलधुरा, दार्चुला, कपिलबस्तु लगायतका १५ जिल्लामा ६५ प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी प्राप्त भएको छ । विहान ७ बजे शुरु भएको मतदान कार्य अपरान्ह पाँच वजेसम्म जारी रहने छ ।