काठमाडौँ– स्थानीय तहको दोस्रो चरणको निर्वाचन पनि उत्साहजनक रुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगले बुधबार भएको तीन वटा प्रदेशको निर्वाचनमा ७०.५ प्रतिशतभन्दा बढी मतदान भएको जनाएको छ ।


ADVERTISEMENT


बुधबार आयोगले पत्रकार सम्मेलन गर्दै छिटपुट घटना भएपनि निर्वाचन शान्तिपूर्ण तथा उत्साहपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । साँझ पाँच बजेभन्दा अघि निर्वाचन गर्नका लागि लाइन लागेका मतदाताले मतदान गरिरहेकाले पछिल्लो प्राप्त विवरण अनुसार तीन वटै प्रदेशमा कम्तिमा ७०.५ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले पत्रकार सम्मेलन मार्फट जानकारी दिए । तर यो विवरण अन्तिम भने होईन । मत प्रतिशत अझै बढ्ने उनले बताए ।


ADVERTISEMENT

# # #


प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका/नगरपालिकाको नेतृत्व चयनका लागि बुधबार मतदान भएको हो ।
आज भएको निर्वाचनमा सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुर ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा ७३ प्रतिशत मतदान भएको थियो । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् ।

निर्वाचन सम्पन्न भएसंगै मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा लैजानेक्रम रहेको छ । निर्वाचन सम्पन्न भएका निर्वाचन क्षेत्रका मत पेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि राजनीतिक दलहरुसंग सम्वन्वय गरी आजैबाट मतगणना सुरु हुने प्रमुख आयुक्त यादवले जानकारी दिए ।