काठमाडौँ– नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगको आफ्नो तेस्रो खेलमापनि उ्रत्कृष्ट प्रदर्शन जारी राखेको छन् । आज सिड्नी सिक्सरविरुद्धको खेलमा सन्दीपले २ विकेट लिएका हुन् ।


ADVERTISEMENT


चार ओभर बलिङ गरेका सन्दीपले मात्र १८ रन खर्चिँदै महत्वपूर्ण दुई विकेट चट्काए । यसक्रममा उनले पहिलो विकेटका रुपमा सिड्नीका कप्तान मोइस हेन्रीक्विज(९) लाई एलबीडब्ल्यु धरापमा पारे । व्यक्तिगत तेस्रो तथा टिमका लागि छैटौँ विकेट दिलाउने क्रममा उनले थोमस करनलाई पनि एलबीडब्ल्यूको शिकार बनाए । थोमस २ रनमा पेवेलियन फर्किए ।


ADVERTISEMENT

# # #


मेलबर्नका लागि स्कट बोलान्ड र डीजे ब्राभोले समान ३/३ विकेट लिए भने कप्तान ग्लेन म्याक्सवेल र अदाम जाम्पाका नाममा १/१ विकेट रह्यो ।

डेब्यू खेलमा दुई विकेट लिँदै सनसनी मच्चाएका सन्दीपले सोमबार होबर्ट हुरिक्यानविरुद्धको खेलमा तीन तीन विकेट लिएका थिए । मेलवर्नले १३१ रनको चुनौति पाएको छ ।