पाकिस्तानी अलराउन्डर साहिद अफ्रिदीले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट समेत सन्न्यास लिएका छन् । संयुक्त अरब इमिरेट्स ९यूएई० मा जारी पाकिस्तान सुपर लिग ९पीएसएल० मा उत्कृष्ट प्रदर्शन गरिरहेका अफ्रिदीले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटसमेत छाडेको घोषणा गरेका हुन् । अफ्रिदीले टेस्ट र एकदिवसीय क्रिकेटबाट भने यसअघि नै सन्न्यास लिइसकेका थिए ।
पेसावर जालमीबाट पीएसएल खेलिरहेका अफ्रिदीले आइतबार कराँची किङसविरुद्ध २८ बलमा ५४ रन प्रहार गरेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको जनाएका हुन् । ‘मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेको छु’, आइतबार शारजा क्रिकेट स्टेडियममा भने, ‘म आफ्ना समर्थकहरूका लागि पीएसएल खेलिरहेको छु । यो क्रमलाई आगामी दुई वर्षसम्म निरन्तर गर्नेछु ।
तर, अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदाइ गरिसकेँ ।’ अफ्रिदीले सन्न्यासपछि आफ्नो फाउन्डेसनमा केन्द्रित हुने संकेत गरेका छन् । ‘यसअघि मेलै देशका लागि गम्भीरता र व्यावसायिक तरिकाले खेले’, अफ्रिदीले भने, ‘अब मेरा लागि मेरो फाउन्डेसन महत्वपूर्ण हुनेछ ।’


ADVERTISEMENT


३६ वर्षीय अफ्रिदीले पाकिस्तानी राष्ट्रिय टोलीबाट ९८ टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्, जसमा १५०।७५ को दरमा एक हजार चार सय पाँच रन जोडेका छन् । उनले ९७ विकेटसमेत लिएका छन् । उनले गत वर्ष भारतमा भएको टीट्वेन्टी विश्वकपमा पाकिस्तानी टोलीको कप्तानी गरेका थिए । तर, उनको कप्तानीमा पाकिस्तानले चारमध्ये एकमा मात्रै जित हात पारेको थियो । त्यससँगै उनले आफ्नो कप्तानीबाट समेत राजीनामा दिएका थिए ।त्यसयता उनी टीट्वेन्टी राष्ट्रिय टोलीमा समेत पर्न असफल हुँदै आइरहेका थिए ।
विश्वकपपछि इङ्ल्यान्डविरुद्ध भएको एकमात्र टीट्वेन्टी खेल तथा वेस्ट इन्डिजविरुद्धको तीन टीट्वेन्टी शृंखलामा समेत उनी टोलीमा परेनन् । पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएअनुसार अफ्रिदीले अन्तिम पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर सन्न्यासको घोषणा गर्ने योजना बनाएका थिए । पाकिस्तानी क्रिकेट बोर्डसँग कुरा नमिलेपछि उनले पत्रकारलाई सामान्य प्रतिक्रिया दिँदै सन्न्यासको घोषणा गरे ।
अफ्रिदीले लामो फम्र्याटको क्रिकेटबाट भने सन् २०१० मै सन्न्यासको घोषणा गरेका थिए । उनले त्यसअघि पाकिस्तानी राष्ट्रिय टोलीबाट २७ टेस्ट क्रिकेट खेलेका थिए । उनले टेस्ट क्रिकेटमा एक हजार सात सय १७ रन जोडेका थिए भने ४८ विकेट लिएका थिए ।


ADVERTISEMENT

# # #


अफ्रिदी सन् १९९६ मा आफ्नो दोस्रो एकदिवसीय खेलमै श्रीलंकाविरुद्ध ३७ बलमा शतक प्रहार गरेपछि चर्चामा आएका थिए । त्यसबेला उनको प्रदर्शन अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो बनाएको शतकको कीर्तिमान थियो ।
तीन सय ९८ एकदिवसीय क्रिकेट खेलेका उनले ११७।०० को दरमा आठ हजार ६४ रन जोडेका थिए । उनले ३४।५१ को दरमा तीन सय ९५ एकदिवसीय विकेटसमेत लिएका थिए । अफ्रिदीकै उत्कृष्ट प्रदर्शनमा सन् २००७ मा दक्षिण अफ्रिकामा आयोजना भएको पहिलो टीट्वेन्टी विश्वकपमा पाकिस्तानले दोस्रो स्थान हात पारेको थियो । पाकिस्तानले सन् २००९ मा इङ्ल्यान्डमा भएको टीट्वेन्टी विश्वकप जित्दा पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।