काठमाडौँ– प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले कर्मचारी समायोजन अध्यादेश तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन् ।


ADVERTISEMENT


शुक्रबारको संसद बैठकमा सांसद थापाले संसद छलेर कर्मचारी समायोजन अध्यादेश ल्याइएको तथा लोकसेवाको परामर्शलाई पनि लत्याउने काम भएको भन्दै तत्काल कर्मचारी समायोजन अध्यादेश फिर्ता लिन सरकारलाई चेतावनी दिए ।कर्मचारी समायोजनमा सरकारसँग मिलेर काम गर्ने प्रस्ताव राख्दै अध्यादेश फिर्ता लिन सांसद थापाले माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेता थापाले सरकारले लोकतान्त्रिक पद्धतिको गलत व्याख्या गर्ने काम गरेको बताए । संघीय संसदको हिउँदे अधिवेशन सुरु भएकै दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक प्रणाली छिटो छिटोे विकास हुने प्रणाली होइन भनि दिएको अभिव्यक्तिलाई उनले ‘नाच्न नजान्ने आँगन टेढो’ को संज्ञा दिए ।

उनले भने, ‘प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै उनले भने ‘नाच्न नजान्ने आँगन टेढो यस्तोलाई भन्छ । हुन त सरकारले चलाएको कामको ढंग नपुगेपछि यस्तो कुतर्क गर्न हामी बाध्य हुन्छौँ ।’

सिंहदरबार, प्रदेश, स्थानीय तह सबैतिर कर्मचारी आन्दोलनमा रहेको भन्दै सरकारलाई आफ्नो अनुहार एकपटक ऐनामा हेर्न पनि आग्रह गरे । उनले भने, ‘यस्तो बेला सरकारले के गर्छ रु पहिलोको जस्तै यी थाङ्नेहरु हुन् भनेर घोक्राएर पठाउँछ ? त्यसो हो भने सरकारले ऐनामा आफ्नो अनुहार हेरोस् ।’ उनले भने ।

आफूहरुले प्रधानमन्त्रीलाई नबोल्नुस् काम गर्नुस् भनेर सल्लाह दिएको स्मरण गर्दै उनले भने ‘प्रधानमन्त्रीको जम्मा दुई वटा रुची छ, कि बोल कि पोल ।’