काठमाडौं । ‘बिग वोस’को १२ औं भारतिय संस्करण दीपिका कक्करले जितेकी छन् । ट्रफीसँगै उनले ३० लाख भारू नगद हात पारिन् । यसैगरी पुर्व राष्ट्रिय क्रिकेट टोलीका बलर श्रीशांतले दोश्रो स्थानमा चित्त बुझाउब बाध्य भए।


ADVERTISEMENT


दीपिका टेलिभिजन अभिनेत्री हुन्। उनी ‘ससुराल सिमरका’नामक टेलिसिरियलबाट चर्चित बनेकी थिइन्।


ADVERTISEMENT

# # #


शनिवार राती अबेर भएको फाइनलमा दुवैलाई ‘ट्रफी कसले जित्नु पर्छ’ भन्ने प्रश्न सोधिएको थियो,? दीपिकाले आफुले नै जित्नुपर्ने बताएकी थिइन भने श्रीशांतले भने दीपिकालाई संकेत गरेका थिए।

उपाधिको लागि अन्तिम ३ मा पुगेका अर्का प्रतिष्पर्धी दीपक ठाकुरले सेफ ल्याण्डिङ खोज्दै २० लाख रकम लिएर ट्रफीको रेसबाट बाहिरिएका थिए । २० लाख वा ट्रफीको रेस मध्येबाट २० लाख रकम छनोट गरेका दीपकले बहिनीको विवाहको लागि यस्तो निर्णय गरेको बताए । यो रकम विजेताले पाउने ५० लाखबाट ४० प्रतिशत काटेर दिइएको हो ।

दर्शक भोटिङमा दीपकले सर्वाधिक कम भोट पाएका थिए । सलमान खानले होस्ट गरेको फिनालेमा प्रतियोगी, निर्देशक रोहित सेट्टी, भारती सिंहलगायतले मनोरंजन दिएका थिए ।

प्रतियोगितामा ओर्जिनल र वाइल्ड कार्ड मार्फत २० जना प्रतिस्पर्धी छानिएका थिए । उनीहरु मध्ये टप ५ प्रतिस्पर्धीले १ सय ५ दिने यात्रा तय गरेका थिए ।