काठमाडौं– सुबिसु केबलनेटले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसर पारेर आफ्नो ग्राहकहरुसँग खुशी साट्ने उद्देश्यले ‘सुबिसु भयंकर अफर’ प्रस्तुत गरेको छ ।


ADVERTISEMENT


नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी जसले रिटेल ग्राहकहरुका लागि क्लियर टीभी, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु सार्वजनिक गरेको छ ।


ADVERTISEMENT

# # #


क्लियर टीभी प्रिमियम प्याक अफर

क्लियर टीभी सेवाअन्तर्गत ९ सय ९९मा १ महिनाको प्रिमियम सेवा (२६५भन्दा बढी डिजिटल च्यानलहरु तथा ७ भन्दा बढी एच डि च्यानलहरु) साथै, टपबक्स र जडान सेवाप्राप्त हुनेछ ।

सुविसु इन्टरनेट फास्ट प्याक अफर

इन्टरनेट सेवा अन्तर्गत १५ एमवीपीएस अनलिमिटेड इन्टरनेट १ महिनाको लागि साथै मोडेम र जडान सेवा मात्र १५ हजारमा प्राप्तगर्न सकिनेछ ।

सुविसु इन्टरनेट एण्ड क्लियर टीभी कम्वो प्याक अफर

इन्टरनेट र क्लियर टिभि सेवाअन्र्तगत २ हजार ३ सयमा १ महिनाका लागि २३ एमवीपीएस अनलिमिटेड इन्टरनेटर, क्लियर टिभि प्रिमियम प्याकेज (२६५भन्दा बढी डिजिटल च्यानलहरु तथा ७० भन्दा बढी एचडी च्यानलहरु) साथैं मोडेम टप बक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ ।

त्यति मात्र हैन सम्पुर्ण ग्राहकहरु मध्ये हरेक हप्ता १० जनाले ३ महिनाको लागि निशुल्क सव्सक्रिप्सन प्राप्त गर्नेछ । बम्पर उपहार स्वरुप १ जना भाग्यशाली ग्राहकले स्मार्ट टीभी प्राप्त गर्न सक्नेछन्