जनकपुर : प्रदेश नम्बर २ को जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति सेवा प्रदान गर्न थालिएको छ । केही समयअघि नै कार्यालय स्थापना भए पनि आइतबारदेखि सेवा प्रदान गर्न सुरु भएको हो ।


ADVERTISEMENT


आइतबार पहिलो दिन श्रम स्वीकृतिको सेवा ग्रहण गर्ने दुईजनालाई सम्मान समेत गरिएको छ । कार्यालयको सेवारम्भ गरेको भन्दै दुई सेवाग्राही हंसपुर नगरपालिका–७ लौवाखोरका जलिल नदाफ र धनौजी बहुअर्वाका मो जिलानी मोमिनलाई सम्मान पनि गरिएको हो ।


ADVERTISEMENT

# # #


सेवा प्रभावकारी बनाउने र केन्द्रमा चाप कम गर्ने भन्दै यही पुस महिनाभित्रै प्रदेश २ र ५ बाट श्रम स्वीकृति दिने गरी कार्यालय सञ्चालन गरिएको हो । जसमध्ये प्रदेश २ बाट आजैदेखि श्रम स्वीकृति दिन थलिएको निमित्त कार्यालय प्रमुख मनोज यादवले बताए ।

श्रम तथा रोजगार मन्त्रालयले यसअघि नै सबै प्रदेशबाछ श्रम स्वीकृति दिन सकिने भन्दै त्यस अनुरुप तयारी गरेको बताएको थियो । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांक अनुसार वैदेशिक रोजगारका लागि विदेश जानेको संख्या सबैभन्दा धेरै प्रदेश २ र जिल्लामा धनुषा हो । यसैले पनि श्रम स्वीकृतिको लागि जनकपुरमा सञ्चालन गरिएको श्रम तथा रोजगार कार्यालयमा सेवाग्राहीको चाप बढ्ने अपेक्षा गरिएको छ ।