काठमाडौँ– जनवरी अन्तिम साता युएईविरुद्ध हुने एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका खेल्नका लागि नेपाली क्रिकेटको प्रारम्भिक टिम घोषणा भएको छ । छनोट समितिले युएईविरुद्धको सिरिजको लागि २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो ।


ADVERTISEMENT


अनिल कुमार शाह, सागर पुन र सुवास खकुरेल बाहिरिँदा छनोटमा केही नयाँ अनुहार देखिएका छन् । इपीएल र पीपीएलमा राम्रो प्रदर्शन गरेका युवा खेलाडीले अन्तिम २० मा स्थान पाएका छन् । जसमा पवन सर्राफ, सन्दीप जोरा, सुसान भारी, विक्रम सोब, भिम शार्की र अभिनाष कर्ण रहेका छन् ।


ADVERTISEMENT

# # #


युएईसँग तीन खेलको एक दिवसीय सिरिज खेल्ने नेपालले तीन खेलकै टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज पनि खेल्ने छ । नेपालले पहिलो एक दिवसीय खेल जनवरी २५ तारिखमा खेल्नेछ । त्यस्तै, २६ तारिखमा दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने नेपालले सिरिजको अन्तिम खेल जनवरी २८ तारिखमा खेल्नेछ ।

एक दिवसीय सिरिज खेलिसकेपछि नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । नेपालले आफ्नो पहिलो टी–ट्वान्टी खेल जनवरी ३१ मा खेल्ने छ । त्यस्तै, दोस्रो फेब्रअरी एक र तीन फेब्रुअरीमा तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेल खेल्नेछ ।

यस्तो छ २० सदस्यीय प्रारम्भिक टोली

पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
शरद भेषावकर
बसन्त रेग्मी
विनोद भण्डारी
सोमपाल कामी
सन्दीप लामिछाने
करण केसी
आरिफ शेख
रोहितकुमार पौडेल
प्रदीप ऐरी
दीपेन्द्रसिंह ऐरी
ललित भणडरी
ललित नारायण राजवंशी
पवन सर्राफ
सन्दीप जोरा
सुसान भारी
विक्रम सोब
भिम शार्की
अभिनाष  बोहोरा