काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिकाको रिङरोड कलंकीमा ६२ औं शाखा स्थापना गरेको छ ।


ADVERTISEMENT


सोमबारबाट सुरु भएको उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष सुदिप आचार्य, संचालकद्वय देवकृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा गरेका हुन् ।


ADVERTISEMENT

# # #


कामु प्रमुख कार्यकारी अधिकृतले बैंकले विभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने बताए।

बैंकले देशका विभिन्न भागहरुमा ६२ वटा शाखा तथा १७ वटा एटीएम मार्फत बैँकिङ्ग सेवा उपलब्ध गराइरहेको छ ।