काठमाडौं– सामाजिक अभियन्ता एवम् विद्यार्थी विजय थापाले संसदमा पेश गरिएको चिकित्सा शिक्षा विद्येयक कुनैपनि हालतमा पास गर्न नहुने बताएका छन ।


ADVERTISEMENT


सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर थापाले आफुले ५३ दिनसम्म भोक हड्तालमा बस्दासमेत सरकारले वास्ता नगरेको गुनासो पोख्दै चिकित्सा शिक्षा विद्येयक तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


विध्येयक पास नभए फेरि अनसन बस्ने डा केसीको चेतावनीलाई जवाफ दिँदै उनले भने, ‘यदि डा. केसी फेरी अनसनमा बसेको खण्डमा म पनि तिनको बिरुद्धमा अनसनमा बस्न तयार छु, कसैले पनि डा. केसीलाई हतियार बनाएर राजनीति गर्न पाईदैन ।’

थापाले डाक्टर केसीलाई कांग्रेस नेता गगन थापा र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले डा केसीलाई राजनीतिक हतियार बनाएको आरोप लगाए । केसीको पक्षमा वकालत गर्दै आएका गगन थापा र रवीन्द्र मीश्रलाई नछोड्ने चेतावनी दिए । उनले भने, ‘डा. केसीलाई गगन थापा र रवीन्द्र मिश्रलगायतले बोकिरहेका छन् । देशभरि अस्पताल खोल्नुपर्छ । यो वातावरण सरकारले बनाउनुपर्छ । संसदबाट पारित हुन लागेको राष्ट्रघाती चिकित्सा शिक्षा विद्येयक खारेजी गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

थापाले नेपालमा एम.डी. र पि.जी. क्लासको कोटा तत्काल कम्तिमा १५ सय पुर्याउनुपर्ने, तत्काल काठमाडौं उपत्यकाबाहिर देशभरि नै मेडिकल कलेज खोल्ने तथा खोलाउने वातावरण बनाउनुपर्ने, बंगलादेशबाट डाक्टर पढेर घर फर्किने क्रममा त्रिभूवन विमानस्थलमा दुर्घट्नामा मृत्यु भएको १८ जना डाक्टरहरुको परिवारलाई क्षतिपुर्ति प्रदान गर्नुपर्ने, सरकारी तलब,भत्ता र सेवा/सुविधा लिएर राजनीति गर्नेलाई सरकारी सेवाबाट बर्खास्त गरि कडा कारबाही गर्नुपर्नेलगायतका मागहरु अघि सारेका छन् ।