काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुनुवाई आज हुने भएको छ । हालका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेरहदका कारण अवकाश लिनुहुने भएपछि राणाको सुनुवाई हुँदैछ ।


ADVERTISEMENT


संसदीय सुनुवाई समितिले उनीविरुद्ध परेको उजुरीको बिषयमा छलफल गर्न आइतबार बैठक बोलाए पनि सुनुवाई हुन सकेन । आजको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ ।


ADVERTISEMENT

# # #


आइतबारको बैठकमा राणाले भावी कार्ययोजना र अवधारणा प्रस्तुत गर्नुभएको थियो । सांसदले सोधेका प्रश्नको उत्तर दिन नपाउँदै सुनुवाई आजका लागि सारिएको थियो । गत मंसिर २७ मा भावी प्रधानन्यायाधीशका रुपमा सिफारिस हुनुभएका राणाको आज सुनुवाईको तयारी गरिएको छ ।

सुनुवाई समिति बैठकमा राणाले सांसदले सोधेका प्रश्नको जवाफ दिनुहुने र जवाफ चित्तबुझ्दो आए उनी आज नै प्रधानन्यायाधीशको रुपमा स्वीकृत हुनेछन्। समितिलाई भोलि (बुधबार) सम्म प्रधानन्यायाधीश चुनिसक्नुपर्ने बाध्यता रहेको छ ।