कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रमेश धानुकले सञ्चालनमा ल्याएको फार्ममा पालिएका गाई दुहुन आधुनिक मेशिन ल्याएका छन् ।


ADVERTISEMENT


जागीर छाडेर रु ३५ लाख लगानी गरी उन्नतजातको फार्म सञ्चालन गरेका धानुकले रु चार लाख मूल्य पर्ने ‘मिल्किङ मेशिन’ ल्याएका हुन् । जिल्लामै पहिलोपटक ल्याइएको मेशिनबाट एकै पटक चार वटा गाईको दूध दुहुन सकिन्छ ।


ADVERTISEMENT

# # #


गाई दुहुन मात्रै दुई कामदार आवश्यक पर्दछ । उनले भने, “मेशिन ल्याएपछि एकै छिनमा गाई दुहुन सकिन्छ ।” गाईको दूध दुहेपछि बजार लैजान ढिलाइ भए भण्डारण गर्न ‘चिलिङभ्याट’ मेशिनसमेत उनले राखेका छन् । आधुनिक तरिकाले गाईपालनमा लागेका धानुकको फार्ममा अहिले १० वटा जर्सी र होलेस्टेन जातका गाई छन् । उन्नतजातका गाई भने भारतबाट खरीद गरेर ल्याइएको हो ।

नेपाल चेम्बर अफ कमर्शमा वित्त प्रशासन अधिकृतको जागीर छाडेर गाईपालनमा लागेको धाुनकले भने, “जागीर गरे गनेको पैसा मात्र हुन्छ, स्वरोजगार भई मिहेनत गरेअनुरुपको आम्दानी गर्न सकिने भएकाले गाईफार्मलाई रोजेको हु ।” व्यावसायिक बनेर उद्यमशील हुने र अरुलाई पनि रोजगारी दिन सकिने भएकाले गाईफार्म सञ्चालन गरेको उनले बताए । गाईको चारो काटने, खुवाउने, दूध दुहुने र गोबर सोहर्ने कार्यमा उनी बिहानैदेखि साँझसम्म खट्छन् ।

गाई फार्म राखिएको जग्गा भने उनको स्वामित्वको होइन । वर्षको रु एक लाख १४ हजार तिर्ने गरी तीन बिघा जग्गा भाडामा लिएका छन् । सो जग्गामा फार्मका संरचनासँगै घाँस खेतीसमेत गरेका छन्छ । फार्ममा पालिएका गाईले हाल दैनिक ४० लिटर दूध दिँदै आएका छन् । उनले भने, “दुई महीनाभित्रै छ वटा गाई ब्याउने भएकाले दूध उत्पादन बढेर १५० लिटर पुग्ने छ ।” अझै २० वटा दुधालु गाई थप्ने योजना उनको छ ।

“दूध जति उत्पादन गरे पनि बजारको समस्या छैन सहजै स्थानीय बजारमा खपत हुन्छ”, उनले भने । दूध बिक्रीका लागि दुग्ध विकास संस्थानसँग समेत सहकार्य भएकाले बिक्रीको चिन्ता नरहेको उनले बताए।

फार्म खोलेर दुग्ध उत्पादनमा लागेका व्यवसायीलाई सरकारले प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने हुन्छ उनले भने, “व्यवसायीलाई दुग्धजन्य पदार्थ उत्पादन गर्ने उद्योगसँगै गाईपालनमा लगानी प्रोत्साहित गर्नुपर्छ ।” विदेशिनुभन्दा स्वदेशमै थोरै पूँजीमा भए पनि व्यवसाय गर्नका लागि युवाले अग्रसर हुनुपर्ने उनको भनाइ छ । “व्यवसाय गरिए अरुलाई पनि रोजगार दिन सकिन्छ”, उनले भने ।