नेपाली कांग्रेसको पछिल्लो गतिविधि र देशको राजनीतिक अवस्था लगायतका विविध विषयमा नेपाली काँग्रेसका युवा नेता बाबुराम आचार्यसंग गरिएको कुराकानीको सम्पादित अंश : 


ADVERTISEMENT


कांग्रेसले निर्वाचनमा जुन किसिमको मतपरिणाम ल्यायो । त्यसलाई लिएर धेरैले कांग्रेस पतनतर्फ लागेको टिप्पाी गरे । यसमा तपाई के भन्नुहुन्छ ?


ADVERTISEMENT

# # #


काँग्रेस पतनतिर जाने कल्पना पनि गर्न सकिन्नँ । कांग्रेसका नेताहरु पतनतिर जानसक्लान् तर, कांग्रेस जाँदैन । किनकी काँग्रेस एउटा आन्दोलन हो, नेपालमा लोकतनत्रको पर्यायवाची हो, काँग्रेस जबसम्म विश्वभर लोकतन्त्रको बहस चलिरहन्छ त्यसबेलासम्म नेपालबाट सकिन्छ भन्नु भ्रम मात्र हो । ७० वर्षदेखि नेपालमा शक्ती केन्द्रहरुले पावरको दुरुपयोग गर्दै शान्पिूर्ण राजनीतिमा विश्वास गर्ने काँग्रेसलाई सिध्याउने रणनीति अपनाए।

बीपी कोईरालापछि राजा महेन्द्रले पञ्चायत शुरु गरे । त्यो ३० बर्ष टिक्यो । त्यसको केही वर्षपछि पुनः काँग्रेस सिध्याउन माओवादीले भूमिगत रुपमा हिँसात्मक आन्दोलन गर्यो । यसो गर्दै जाँदा ०७० सालको निर्वाचनमा काँग्रेस सबैभन्दा ठूलो पार्टी भयो र त्यही काँग्रेस ०७४ मा आउदा सानो भयो । यसलाई संख्यात्मक रुपमा खुम्चिएको देखिएपनि लोकतन्त्र स्थापित हुन थालेको छ, निर्वाचन प्रणाली स्थापीत हुनु काँग्रेसको विजयी हो । समय आएपछि फेरि निर्वाचन हुन्छ, त्यसबेला काँग्रेसले राम्रो काम गर्यो भने जनताले विश्वास गरिहाल्छन् ।

भर्खरै कांग्रेसको महासमितिको बैठक पनि बसेको छ । त्यसपछि नेताहरुले एक ठाउँमा आएको संकेत पनि दिए । तर, फेरि गुटउपगुटतिर फर्किएको जस्तो देखिन्छ । तपाईँ चाही कुन गुटमा हुनुहुन्छ ?

होइन, म लोकतन्त्रमा विश्वास गर्छु । कांग्रेसको ईमान्दार सदस्य भएर समाजसेवा गर्ने ईच्छाशक्ती मसंग छ । तरुण दलको प्रतिनिधित्व पनि गर्ने भएकाले त्यसलाई वैचारिक र संगठनात्मक दुबै रुपमा बलियो बनाउने कुरालाई आत्मासाथ गर्ने योजनामा दृढ छु । अहिले तरुणदलको पदाधिकारीमा जम्म्मा ४ जना मित्रहरुमात्र निर्वाचित हुनुभएको छ । यसलाई मिलाउनु पर्छ भन्नेछ । आफूभन्दा माथिका नेतृत्वलाई देश, जनता र लोकतन्त्रका लागि गरेका र गर्नसक्ने त्यागका आधारमा समर्थन र विरोध गर्छु, कसैको पनि व्यक्तिगत झोले हुन्न ।

अबको आफ्नो व्यक्तिगत राजनीतिलाई कसरी अगाडि बढाउनु हुन्छ ?

मरो भित्री ईच्छा भनेको काँग्रेस बलियो बनाउन युवा संगठन बलियो बनाउनुपर्छ भन्ने हो । त्यसैले मिलेसम्म तरुण दलको नेतृत्वमा बसेर देशभर तरुण दललाई वैचारिक रुपमा समेत शक्तिशाली बनाउने भन्ने नै हो ।  तर अर्को पाटो के छ भने, जहाँ बसेर भएपनि काँग्रेसलाई बलियो बनाउनुपर्छ भन्ने हो । पार्टीमा वा अन्य कहीँ पनि बसेर काम गर्न सकिन्छ । पदमा नबसी चैं काम गर्न सकिदो रहेनछ । काँग्रेसमा १८ घण्टा खटेर पार्टीलाई बलियो बनाउने एउटा प्लेटफर्म खोजिरहेको छु । अन्य कुनै स्थानमा बसेर समेत पार्टीको संगठन निर्माणको लागि काम गर्न सकिन्छ भन्ने विश्वास लिएको छु ।

अन्यमा के भन्नुहुन्छ ?

समृद्धिको लक्ष्य हासिल गर्नका लागि अब विरोधका लागि विरोध भन्दा पनि राजनीतिक दलहरु जम्मेवार भएर देश बनाउने दिशामा आउनुपर्यो । व्यक्तीगत स्वार्थ छाडेर जनताको स्वार्थमा हिड्नुपर्यो । पद र प्रतिष्ठा भन्दापनि देश र जनतालाई केन्द्रबिन्दुमा राख्नुपर्छ भन्ने हो ।