काठमाडौं– संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य जीवनराम श्रेष्ठले काठमाडौं उपत्यका बाहिर पनि मेडिकल कलेज खोल्न रोक्नु व्यवहारिक नहुने बताएका छन् ।


ADVERTISEMENT


‘काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज खोल्न रोक्नु व्यवहारिक हुँदैन’ उनले हिमालय पोष्टसंग भने ‘काठमाडौं उपत्यकामा पनि रोक्ने अनि बाहिर पनि नदिने हो भने नेपालका विधार्थीहरुले डाक्टर पढ्न चाहिँ कहाँ जाने ?’


ADVERTISEMENT

# # #


खोल्नका लागि सरकारबाट एलओआई पाएका र मापदण्ड पुगेका काठमाडौं बाहिरका मेडिकल कलेजहरुलाई सञ्चालन गर्न रोक्न नहुने उनको तर्क छ । मेडिकल कलेजलाई खोल्नै रोक्नु भन्दा पनि यसलाई सेवामूलक बनाएर लानुपर्ने उनको भनाई छ ।

‘शिक्षा, स्वास्थ्यलाई नाफा मूलक भन्दा पनि सेवा मूलक बनाउने राज्यको ‘स्पिरिट’ छ’ उनले भने ‘मेडिकल कलेज खोल्नै नदिने भन्नु त शिक्षा स्वास्थ्यलाई सर्वसुलभ बनाउनु पर्छ भन्ने मर्ममा नै असर पुग्छ ।’

समितिमा चिकित्सा शिक्षा विधेयकमाथि अन्तिम छलफल चलिरहेको छ । यसअघि देखि डा. गोविन्द केसीको अनसनका कारण पटक पटक विधेयक संसदबाट पास हुनका लागि रोकिँदै आएको छ ।

श्रेष्ठका अनुसार काठमाडौं बाहिर मेडिकल कलेज खोल्न पाउनु पर्छ भन्नेमा समितीका अधिकांस सदस्यहरु सहमत छन् । अन्तिम प्रयासबाट पनि विवादित विषय टुङ्गो नलागे संसदीय अभ्यास अनुसार फरक मत राखेर भएपनि विधेयक संसदमा पठाउनु पर्नेमा सांसदहरुको जोड रहेको उनले जानकारी दिए ।