काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरीबाट बिहीबार राति अबैध चार किलो सुनसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवा उत्तरगया गाउँपालिकाका २७ वर्षीय संजित वाइवा, नुवाकोट तारकेश्वर गाउँपालिकाका २२ वर्षीय सुरेन्द्र तामाङ र सोही स्थानका २४ वर्षीय विकास तामाङ रहेका छन् ।


ADVERTISEMENT


दुईवटा मोटरसाइकलम आएका उनीहरुलाई राति १० बजे सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बि।क।ले बताए ।


ADVERTISEMENT

# # #


पृथ्वीराजमार्गमा प्रहरीले सवारी साधन चेकजाँचको क्रममा धादिङको गल्छीबाट मलेखुतर्फ जाँदै गरेको बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२–००३ प २५४० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सुन फेलापरेको उनले बताए ।

उनका अनुसार पक्राउ परेका तीन जनालाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागसँग समन्वय गरी कारवाही गर्ने प्रहरीले जनाएको छ । प्रहरीले सुन र मोटरसाइकलसहित तीनै जनालाई हिरासतमा राखेको छ ।