काठमाडौं । हजारौ मन भित्रको आशालाई आफनो जन्मभुमीमा छोडदै परदेश जानुपर्ने तितो यथार्थमा आधारित रहेर तयार पारिएको मौलिक लोकदोहोरी गीत ‘ पासर्पोट ’ गीतको भिडियो सार्वजनिक भएको छ ।


ADVERTISEMENT


सार्वजनिक गीतमा हजारौ परदेशी युवाको भावहरुलाई गीतमा समावेश गरिएको छ । गायिका पुर्णकला विसी र गायक विर बहादुर मगरको सुमधुर आवाजमा गीत तयार गरिएको छ ।


ADVERTISEMENT

# # #


डम्वर चन्द मगरको शब्द तथा रामु खड्काको गीतमा लय सिर्जना रहेको छ ।

अजय रेग्मीको छायाँकन , अमर शाक्यको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । वियोगान्त गीतमा आशा खड्का र विर बहादुर मगरको अभिनय रहेको छ ।