बनेपा– विवेकशील साझा पार्टी काभ्रेपलाञ्चोकको संयोजकमा भूषण श्रेष्ठलाई तोकिएको छ ।


ADVERTISEMENT


पार्टीले आज यहाँ कार्यक्रम गरी जिल्ला शाखा संयोजक तोकिएको जानकारी दिएको हो । संयोजक श्रेष्ठ अटो नेपाल पत्रिकाको प्रबन्ध निर्देशकसमेत हुन् । पार्टीका केन्द्रीय सदस्य मिलन पाण्डेले देशैभरि पार्टीको ९० दिने सङ्गठन विस्तारको अभियानअन्तरगत जिल्ला संयोजक घोषणा गरिएको बताए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा संयोजक श्रेष्ठले निष्ठाको काम गर्न राजनीतिक पार्टीमा लागेको दाबी गरे । सो अवसरमा उहाँले जिल्लालाई कृषि, पर्यटन र चलचित्र शहरका रुपमा विकास गर्नका लागि भूमिका खेल्ने बताए ।