काठमाडौं । बाँडेगाउँस्थित ‘तपस्वी’ रामबहादुर बमजनको आश्रम दुई दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोली फर्केको छ ।


ADVERTISEMENT


अनुयायीको हत्या गरी गाडेको आरोप लागेको आश्रमबाट नुनका खाली पोका र कोइलाको नमुना संकलन गरी सिआइबी टोली फर्केको हो ।


ADVERTISEMENT

# # #


विज्ञसहितको सिआइबी र सिन्धुपाल्चोक प्रहरी टोलीले संयुक्त रुपमा शुक्रबार आश्रम नियन्त्रणमा लिएर छापा मारेको थियो । टोलीले अनुयायीको शव गाडिएको भनिएको क्षेत्रमा शनिबार उत्खनन् गरेको थियो ।