काठमाडौं । गत वर्ष हामीले फेसबुकलाई कैयौँ आरोपहरु लागेको देख्यौँ। हामीले फेसबुकले प्रयोगकर्ताका निजी डेटा बेचेको खबर सुन्यौं र पढ्यौँ।


ADVERTISEMENT


विभिन्न आरोप लागेपछि फेसबुकका संस्थापक मार्क जुकरबर्ग अमेरिकी सिनेटमा सवाल–जवाफका लागि हाजिर समेत हुनुप¥यो। फेसबुकले आफ्नो गल्ती स्वीकार ग¥यो। आगामी दिनमा नदोहो¥याउने बाचा समेत जुकरबर्गले गरे। यस्ता गतिविधिका कारण फेसबुकका प्रयोगकर्ताहरु निराश र ससंकित बनेका छन्।


ADVERTISEMENT

# # #


यसका बाबजुद समग्रमा भने सन् २०१८ फेसबुकका लागि सुखद नै रह्यो। तर सन् २०१९ फेसबुकका लागि खराब वर्षको सुरुवात भएको विश्लेषण गरिएको छ।

कारवाही
अघिल्लो १२ महिनाभित्र फेसबुकलाई कारवाही तथा जरिवाना हुनसक्छ। जस्तो कि, आयरल्याण्डको डेटा प्रोटेक्सन समितिले गत डिसेम्बरमा आफूले फेसबुक विरुद्ध अनुसन्धान सुरु गर्ने बताएको थियो।

यस बाहेक अन्य मूलुकहरुले आफ्ना देशका नागरिकको निजी सूचना फेसबुकमा सुरक्षित हुन नसकेको आरोप लगाएका छन्। यसले गम्भीर नतिजा निम्ताउन सक्छ। ‘इन्टरनेसनल एसोसियसन अफ प्राइभेसी प्रोटेक्सनर्स ९आइएपीपी० का निर्देशक केट कोलेरीले भने, ‘हाम्रो उद्देश्य प्राविधिक त्रुटि तथा गडबडीलाई नियन्त्रण गर्नु हो। यतिले भएन भने प्रशासनिक स्तरबाट अनुसन्धान गरिन्छ।’

समितिको फैसलाले फेसबुकलाई अप्ठ्यारो पर्ने अनुमान गरिएको छ। यूरोपेली संघको जनरल डेटा प्रोटेक्सन रेगुलेसन ९जीडीपीआर० ले फेसबुकबारे आफ्नो अवधारणा सार्वजनिक गरेको छ।

यदि फेसबुक गलत सावित भए फेसबुकले विश्वभरबाट कमाइ गरेको ४ प्रतिशत जरिवाना हुनेछ। यदि यस्तो भयो भने फेसबुकले १ सय ५० करोड अमेरिकी डलरभन्दा बढी जरिवाना तिर्नुपर्नेछ।

समस्या
आयरल्याण्डमा भइरहेको अनुसन्धान बाहेक फेसबुक अन्य समस्याबाट पनि ग्रसित छ। अमेरिकाको फेडेरल ट्रेड समिति एफसीटीले समेत फेसबुकमा सन् २०११ मा गरिएको सम्झौताबारे अनुसन्धान गरिरहेको छ।

सम्झौतामा फेसबुकले कसैको निजी डेटा प्राप्त गर्न र अर्को व्यक्तिको लागि सेयर गर्न सहमति अथवा अनुरोध गर्ने बताएको थियो। फेसबुकले आफूले सम्झौताको उल्लंघन नगरेको दोहो¥याउँदै आएको छ।

तर एफसीटीले अनुसन्धान थालेको छ। यदि समितिले फेसबुकले सम्झौता उल्लंघन गरेको पाए अधिक जरिवाना गर्नसक्छ। सम्झौता अनुसार जतिदिन फेसबुकले सम्झौता उल्लंघन गरेको छ।

प्रतिदिनको हिसाबले फेसबुकले ४० हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्ने हुन्छ। यतिमात्र होइन, जरिवाना प्रत्येक प्रयोगकर्तासँगै बढ्दै जानेछ। अमेरिकामा मात्र ८ करोड फेसबुक प्रयोगकर्ता छन्।

यस हिसाबले फेसबुक दोषी ठहर भए ३ सय करोड अमेरिकी डलर जरिवाना तिर्नुपर्ने हुन्छ। तर समितिले अमेरिकी कम्पनी फेसबुकलाई अधिक मात्रामा जरिवाना नगर्ने अनुमान गरिएको छ।

यद्यपी उसले फेसबुकका गलत कार्यलाई रोक्न चाहन्छ। वासिङ्टन पोस्टको अन्तवार्तामा एफसीटीका निर्देशक डेविड ब्लादेकले फेसबुकमाथि एक अर्ब डलरको जरिवाना हुनसक्ने बताएका छन्।

प्रतिद्वन्द्वीको डर
कैयौँ देश यो विषयमा सहमत छन् कि फेसबुक विशाल कम्पनी हो, जसको सामाजिक सञ्जालसँग असीमित शक्ति छ। संस्थापक मार्क जुकरबर्गले अमेरिकी सिनेटमा आफ्नो कम्पनीसँग धेरै प्रतिद्वन्द्वी भएको बताएका थिए। तर उनले ती प्रतिद्वन्द्वीको नाम भने लिएका थिएनन्।

सामान्य रुपमा फेसबुकसँग टक्कर दिने कुनै कम्पनी तत्कालका लागि देखिँदैन। तर जुकरबर्ग भने कुनै नयाँ सामाजिक सञ्जालले फेसबुकमा ह्रास ल्याउन सक्ने भयमा रहेको बुझिएको छ।

फेसबुकले इन्स्टाग्राम र वाट्सएपलाई आफ्नो स्वामित्वमा लिइसकेको छ। कुनै सामजिक सञ्जाल फेसबुकलाई टक्कर दिने हिसाबले आए उसले त्यस कम्पनीलाई खरिद गरिदिन्छ।

न्यू स्टेट्समेन पत्रिकाका अनुसार फेसबुक आफ्नो कम्पनीलाई अलग अलग भागमा विभाजन गर्ने तयारीमा छ। त्यस अन्तर्गत मुख्यगरी फेसबुक मुख्य मिडिया प्लेटफर्म, ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जर गरी ४ भागमा विभाजन गर्नेछ।

र, यसको गर्नुको उद्देश्य हो, याँ सामाजिक संजाललाई परास्त गर्नु।

प्रतिबन्धको चेतावनी
अमेरिकी सिनेटमा मार्क जुकरबर्गको सुनवाइको क्रममा सिनेटर जन केनिडीले जुकरबर्गसँग फेसबुकमा प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका थिए।

उनले आफू यस्तो कार्य गर्ने पक्षमा नभएको बताएपनि लगातार फेसबुकले गल्ती गरे प्रतिबन्ध लगाउनु अवस्था आउनले बताएका थिए।

सिनेटले फेसबुक लगायत सबै सामाजिक सञ्जालमा यो लागू हुने बताएको थियो। यसमा गुगलपनि सामेल छ।

गतवर्ष बारम्बार फेसबुक तथा गुगल विवादमा परेका थिए।

बन्द हुनसक्छ फेसबुक अकाउन्ट
फेसबुक लगभग विश्वको सबै कुनामा पुग्न सफल भएको छ। तर जुन देशमा फेसबुकको गडबडी देखिएको छ, त्यो देशमा फेसबुक बन्द हुने खतरा बढेको छ।

अमेरिकाकै बारेमा भन्दा पछिल्लो तीन महिनामा फेसबुक प्रयोगकर्ताको संख्या बढेको छैन। यूरोपमा समेत फेसबुक प्रयोगकर्ताको संख्यामा गिरावट आएको छ।

यतिबेला फेसबुकमाथि प्रश्न चिन्ह खडा भएको छ। फेसबुक प्रयोगकर्तामा गिरावट हुने क्रम जारी छ।

मानिसहरु फेसबुक अकाउन्ट डिलिट गर्न थालेका छन्।

गतवर्ष जब फेसबुकको डेटा चोरी भएको विषय बाहिर आयो, क्याम्ब्रिज यूनिभर्सिटीले हजार प्रयोगकर्तामाझ सर्वेक्षण गरेको थियो।

यस अनुसन्धानमा ३१ प्रतिशतले भविष्यमा फेसबुक प्रयोग गर्न कम गर्र्दै जाने धारणा राखेका थिए। बीबीसी हिन्दीबाट