काठमाडौं । म्यानचेस्टर सिटी एफ ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा रोथरह्याम युनाइटेडलाई ७–० गोल अन्तरले पराजित गर्दै सिटीले चौथो चरणमा स्थान पक्का गरेको हो । सिटीको जितमा रहिम स्र्टलिङ, ग्याबरियल जेसस, रियाद मेहरेज, वटामेन्डी र फिलिप वाल्टरले एक–एक गोल गर्दा एउटा गोल भने उपहार पाएको थियो ।


ADVERTISEMENT


पहिलो हाफको १२ औं मिनेटमा केभिन डी ब्रुइनको सहयोगमा रहिम स्र्टलिङले सुरुआती गोल गरेका थिए । सुरुमै दवावमा आएको रोथरह्यामले दोस्रो गोल ४३औं मिनेटमा खान पुग्यो ।


ADVERTISEMENT

# # #


जसमा गुन्डोगनको पासमा फिलिप वाल्टरले गोल गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा उपहार गोलमार्फत सिटीले ३–० को अग्रता बनाउन सफल भयो । केइल वाल्करले प्रहार गरेको बललाई रहिम स्र्टलिले गोल गर्न खोज्दा रोथरह्यामका खेलाडी सेमी अजाईको खुट्टामा लागेर गोल भएको थियो ।

पहिलो हाफमा ३ गोल गरेको सिटीले दोस्रो हाफमा ४ गोल थपेको थियो । ५२औं मिनेटमा ग्याब्रियल जेसले गोल गरेका थिए । यसैगरी ७३औं मिनेटमा रियाद मेहरेजले टिमका लागि पाँचौं गोल गरेका थिए । ७८औं मिनेटमा निकोलास ओटामेन्डीले टिमका लागि छैटौं गोल गरे । ८५ औं मिनेटमा लोरियो सानेले टिमका लागि सातौं गोल गरेका थिए ।