रसुवा– जिल्लाको उत्तरी क्षेत्रमा पर्यटकका लागि खोलिएको घरबास (होमस्टे) पुनः सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


बृद्धिम होमस्टे व्यवस्थापन समितिका अध्यक्ष ङ्वाङ तामाङका अनुसार २०७२ सालको भूकम्पले क्षति पुर्याएको उक्त होमस्टे पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको हो ।


ADVERTISEMENT

# # #


लाङ्टाङ हिमालको काखमा अवस्थित बृद्धिम होमस्टेमा अग्र्यानिक खाना र गुणस्तरीय बासको व्यवस्था मिलाइएको छ । पर्यटकबाट प्राप्त आम्दानीले स्थानीयवासीको जीवनस्तर उकास्ने उद्देश्यका साथ ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम (टिआरपिएपी)को सहयोगमा सो होमस्टे सञ्चालनमा ल्याइएको हो ।

यहाँ २२ वटा होमस्टे पुनःनिर्माण गरी एक सयजना पाहुनालाई एकसाथ राख्न सक्ने क्षमताको संरचना तयार पारिएको छ । तीनवटा होमस्टे पुनःनिर्माण भइरहेको होमस्टे व्यवस्थापन समितिले जनाएको छ । स्याफ्रुबेँसीबाट तीन घन्टा उकालो चढेर पुग्न सकिने उक्त होमस्टेमा स्थानीय करु, मकैको पिठोको ढिँडो, ताजा तरकारी र अन्डा, लोकल खुकुराको स्वाद लिन सकिन्छ ।