विराटनगर– विराटनगर महानगरपालिका दोस्रो सन्तान छोरी जन्माउने अभिभावकलाई २५ हजार भत्ता दिने भएको छ ।


ADVERTISEMENT


महानगरपालिकाले पहिलो नगरसभाबाट पहिलो सन्तान छोरी जन्माउने आमाहरुलाई छोरीको पोषणको लागि भन्दै ३ हजार दिँदै आएको थियो । तर पहिलो सन्तान मात्र छोरी जन्माउँदा दोश्रो सन्तान छोरीको भ्रुण हत्या हुन थालेको पाईएपछि महानगरले यस्तो उपाय निकालेको हो ।


ADVERTISEMENT

# # #


महानगरकी उपमेयर ईन्दीरा कार्कीले भ्रुण हत्या रोक्नका लागि उक्त कार्यक्रम ल्याइएको बताइन् । उनले भनिन्, ‘तीन महिना गर्भमा राखेपछि छोरी हुँदा भ्रुण हत्या गर्ने, छोरा हुँदा राख्ने क्रम बढ्यो । आमाको स्वास्थ्यलाई गम्भीर असर पर्ने भएकाले त्यसलाई रोक्न यो कार्यक्रम ल्याईएको हो ।’

मेयर भिम पराजुलीले पहिलो बर्ष ३ हजार दिएर कार्यक्रम शुरु गरिएकोमा दोश्रो बर्ष देखि दोश्रो सन्तान छोरी जन्माउने आमालाई २५ हजार छोरी वालिग नहुँदासम्म कसैले झिक्न नमिल्ने गरी बैंकमा जम्मा गरिएको बताए । कम्तीमा ४ पटक स्वास्थ्य परिक्षण गरिएको, २० बर्ष उमेर कटेका आमाहरुबाट जन्मिएका नवजात शिशुलाई भबिश्यमा शिक्षामा सहयोग पुगोस् भनेर कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाईएको मेयर पराजुलीले जानकारी दिए ।

यो कार्यक्रमले आमाको संरक्षक रहने गरी खाता संचालन हुने र २५ हजार सो खातामा महानगरपालिकाले जम्मा गरिदिने गरी ग्लोवल आईएमई बैंकसँग सहकार्य भएको उनले बताए ।

महानगरपालिकाले शुरु गरेको यो अभियानमा अझै धेरै आमाहरु रकम पाउनबाट छुटेको स्वयम महानगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकिय अधिकृत कुमार दाहालले लक्षित समुदायमा कार्यक्रमको बारेमा जनचेतनाको खाँचो रहेको बताए ।