काठमाडौं । एफए कप फुटबलको चौथो चरणको ड्र सार्वजनिक भएको छ । चौथो चरणमा १३ पटकको उपाधि विजेता आर्सनल र १२ पटकको उपाधि विजेता म्यानचेस्टर युनाइटेडबिच प्रतिस्पर्धा हुने भएको छ ।


ADVERTISEMENT


चौथो चरणको खेलमा आर्सनलले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग खेल्ने भएको हो । नन–लिग क्लब बार्नेट एफए कपमा बचेको सबैभन्दा तल्लो क्रमको क्लब हो । उसले घरेलु मैदानमा च्याम्पियनसिप क्लब ब्रेन्ट्फोर्डसँग प्रतिस्पर्धा गर्नेछ ।


ADVERTISEMENT

# # #


लिग वन क्लब गिलिङ्गह्यामले स्वान्सी सिटीसँग प्रतिस्पर्धा गर्ने भएको छ । गिलिङ्गह्यामले तेस्रो चरणमा प्रिमियर लिग क्लब कार्डिफलाई हराएको थियो ।

म्यानचेस्टर सिटीले प्रिमियर लिगमा रेलिगेशनबाट जोगिन संघर्षरत बर्नलीसँग घरेलु मैदानमा खेल्ने भएको छ । यस्तै टोटनह्यामले अवे मैदानमा क्रिष्टल प्यालेसँग खेल्ने भएको छ ।

एफए कपको साबिक विजेता चेल्सीले घरेलु मैदानमा शेफिल्ड वेइनस्डे वा लुटनसँग खेल्नेछ । यस्तै लिभरपुललाई हराएको वुल्भ्सले श्रीवस्बरी वा स्टोक सिटीसँग अवे मैदानमा खेल्नेभएको छ ।

यसैगरी वेष्ट ह्यामले विम्बल्डन, एभर्टनले मिलवाल, ब्राइटनले वेष्ट ब्रोम, ब्रिस्टोल सिटीले बोल्टन, एक्रिङ्गटनले डर्बी वा साउथह्याम्पटन, डनक्यास्टरले ओल्डह्याम, न्युक्यासलले ब्ल्याकपुल वा वाट्फोर्ड तथा पोर्ट्समाउथले क्युपिआरसँग खेल्ने भएका छन् ।