काठमाडौँ– नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्रप्रसाद पौडेल नियक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई निगमको प्रमुखमा नियुक्त गरेको हो ।


ADVERTISEMENT


घाटामा गएको उदयपुर सिमेन्टलाई ३ अर्ब नाफा दिलाएर चर्चामा आएका पौडेल खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका हुन् । उदयपुर सिमेन्टको महाप्रबन्धकबाट सोमबारमात्र राजिनामा दिएका उनलाई सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा नियुक्त गरेको हो । पौडेल चार्टट एकाउन्टेन्ट समेत रहेका छन् ।


ADVERTISEMENT

# # #


आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का अनियमितताको आरोप लागेर निगम छोडेपछि निमत्तको भरमा निगम चलिरहेको थियो।