काठमाडौं । ग्रामीण दूरसञ्चार कोषको अनुदानमा सञ्चालित ठूला परियोजना अलपत्र परेका छन् । नेपाल दूरसञ्चार प्राधिकणबाट १२ अर्ब ७० करोड रुपैयाँको ब्रोडब्यान्ड एक्सेस नेटवर्क र अप्टिकल ब्याबोन नेटवर्क परियोजनाको जिम्मा नेपाल टेलिकमसहितका कम्पनीले लिएका छन् ।
तर कुनैले पनि समयमा काम सकेका छैनन् ।


ADVERTISEMENT


मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विस्तारको जिम्मा नेपाल टेलिकम, यूटीएल र स्मार्ट टेलिकमले लिएका छन् । तिनको काम सन्तोषजनक छैन । प्राधिकरणको महत्वाकांक्षी परियोजना अप्टिकल ब्याकबोन नेटवर्क परियोजनाका लागि मात्रै नौ अर्ब ८८ करोड रुपैयाँ रकम छुट्याइएको छ ।


ADVERTISEMENT

# # #