काठमाडौं । चीनले भारतको सीमासँग जोडिएको तिब्बतमा मोबाइल होवित्जर तोप तैनाथ गरेको छ । चीनको सरकारी पत्रिकार ग्लोबल टाइम्सका अनुसार चीनको सेनाले सीमा क्षेत्रमा तैनाथ सैनिकको युद्ध क्षमता सुधार गर्नका लागि होवित्जर तोप तैनाथ गरेको उल्लेख गरेको छ ।


ADVERTISEMENT


तोप त्यसका सवारी साधनसहित तैनाथ गरिएको हो । यसले गर्दा तोप एक ठाउँबाट अर्को ठाउँमा लैजान सहज हुनेछ । चीनले यसअघि सीमा क्षेत्रमा तुलनात्मक रुपमा हलुका युद्ध ट्यांक तैनाथ गरेको थियो ।


ADVERTISEMENT

# # #


भारतले चीनको गतिविधिप्रति आपत्ति र चिन्ता व्यक्त गरेको छ । भारतले आफ्नो चासो औपचारिक रुपमा चीन सामु प्रस्तुत गर्ने तयारीमा छ ।