काठमाडौं । नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार दुई देशबीच सम्झौता हुन लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। बुधबार मन्त्री ज्ञवाली र उनका समकक्षी कोनोबीच ४ बजेपछि हुने मन्त्रीस्तरीय वार्तापछि सम्झौता हुनेछ ।


ADVERTISEMENT


त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण हुनेछ । परामर्श संयन्त्र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान हुनेछ । मन्त्री ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा बुधबार काठमाडौं आउँदै छन्।


ADVERTISEMENT

# # #


भ्रमणबाट नेपालमा जापानी लगानीे तथा पर्यटन प्रवर्द्धन हुनुका साथै जापानको श्रम बजारमा धेरैभन्दा धेरै नेपाली श्रमिक पठाउन फलदायी हुने तथा आपसी मैत्री, समझदारी र सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास गरिएको छ ।