काठमाडौँ– एनआईसी एशिया बैंक लिमिटेडले ‘अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आई एस ओ ९००१ː २०१५’ प्रमाणपत्र पाएको छ । बैँकलाई युनाइटेड रजिस्टार (युआरएस)/युकेएस-युके ले उक्त प्रमाणपत्र प्रदान गरेको हो ।


ADVERTISEMENT


बैँकले गरिमामय प्रमाणपत्र पाउन सफल भएको भन्दै खुसी व्यक्त गरेको छ । पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखि योजना, आफ्नो सबल चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकिय क्षमतामा आधारित सेवा आदिमा राम्रो सुधार गर्दै उत्कृष्ट सेवा दिन सफल भएकाले नै यो अन्तराष्ट्रियस्तरको प्रमाणपत्र पाउन बैंक सफल भएको जनाइएको छ ।


ADVERTISEMENT

# # #


बैंकले २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एंव २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एंव आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।