काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रीले प्रतिनिधिसभामा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिइसकेपछि सांसदहरुले उठाएका प्रश्नको उत्तर तत्काल दिन सभामुखले निर्देशन दिएका छन् ।


ADVERTISEMENT


आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सार्वजनिक महत्वको वक्तव्य दिएपछि प्रमुख विपक्षी कांग्रेसका सांसदहरुले प्रश्न गर्न चाहेका थिए । तर, प्रश्न गर्न नदिएको भन्दै सांसदहरुले रोष्टममा नाराबाजी गरेका थिए ।


ADVERTISEMENT

# # #


बुधबारको संसद बैठक सुरुमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने बताए ।

२२ गते प्रधानमन्त्रीले जवाफ दिने वातावरण नबनाइनु सभामुखको व्यवस्थापकीय कमजोरी र त्रुटी देखिएको उनले बताए। उनले भने, ‘संविधान कार्यान्वयन गर्ने क्रममा सभामुखले यस्ता घटनालाई सहजतापूर्वक अगाडि बढाउनुपर्छ। संविधानले दिएको र संविधानको आधारमा बनाइएका ऐन, नियमको रक्षा गर्नुपर्छ।’

संसद नियमावलीको २१९ अनुसार सार्वजनिक महत्वको वक्तव्य दिएपछि प्रधानमन्त्री र मन्त्रीहरुले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुपर्ने उनले बताए । खाँडले भने, ‘प्रधानमन्त्री र मन्त्रीजीहरु किन जवाफ दिन चाहनुहुन्न ?’

त्यसलगत्तै सभामुख महराले सार्वजनिक महत्वका विषयमा वक्तव्य दिइसकेपछि तत्काल उत्तर दिन नेपाल सरकारलाई निर्देशन दिने बताए। उनले भने, ‘ मेरो यो विषयमा गम्भीर ध्यानाकर्षण भएको छ। प्रतिनिधिसभा नियमावलीको २१९ बमोजिम प्रधानमन्त्री र मन्त्रीले सार्वजनिक विषयको वक्तव्य दिइसकेपछि सदस्यहरुले प्रश्न उठाउन पाउने व्यवस्था छ र यो व्यवस्था यथावत् रहेको आश्वस्त बनाउन चाहन्छु साथै सरकारले वक्तव्य दिइसकेपछि नेपाल सरकारलाई उत्तर दिन निर्देशन गर्दछु।’