तुलसीपुर, दाङ– यहाँको पछिल्लो विवरणअनुसार तुलसीपुर उपमहानगरपालिकामा एमालेका नगरप्रमुख पदका उम्मेदवार घनश्याम पाण्डेले अग्र स्थान कायम गरेका छन् । उनले २०९४ मतल्याएका छन् । नेपाली काँग्रेसका गेहेन्द्र गिरीले १६३१ मत पाप्त गरी पाण्डेलाई पच्छ्याइरहेका छन् । माओवादीका शेषुराम भण्डारीले २९६ मत प्राप्त गरेका छन्।


ADVERTISEMENT


उपप्रमुख पदमा पनि एमालेका मायाँ आचार्यले अग्र स्थानमा छिन् । उनले १९९९ मत लइाएकी छन् ।उनलाई नेपाली काँग्रेसकी देवीका नेपालीले १७१९ मतका साथ पच्छ्याइरहेकी छन् । माओवादीका सीता वलीले ३०८ मत प्राप्त गरेकी छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी घोराही उपमहानगरपालिकामा पनि एमालेका नरुलाल चौधरी अगाडी छन् । उनले २०५४ मत प्राप्त गरी अग्र स्थान कायम गरेका छन् । उनलाई नेपाली काँग्रेसका भूपबहादुर डाङ्गीले ११८६ मतका साथ पच्छ्याइरहेका छन् । माओवादी केन्द्रका जीवन गौतमले ५३७ मत प्राप्त गरेका छन् ।