इलाम– इलामको माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका डिकेन्द्र इदिङ्गो तीन हजार ७५९ मत र उपाध्यक्षमा एमालेकी सुनिता सुब्बाले दुई हजार ९८१ मत ल्याएर विजयीभएका छन्।


ADVERTISEMENT


अध्यक्षका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हेमन्त राईले तीन हजार १५१ र उपाध्यक्षमा सङ्घीय समाजवादी फोरमका विनोदकुमार नेम्वाङले दुई हजार ७७१ मत प्राप्त गरे । माङसेबुङ–१ मा सबै पदमा काँग्रसको प्यानल विजयी भएको छ । काँग्रेसका वडाध्यक्षमा भक्तराज लिम्बू ६०१, महिला सदस्यमा कृष्णमाया कार्की ५७६, दलित महिला सदस्यमा टीका लुहागुन ६२६, खुल्ला सदस्यमा ठगबहादुर श्रेष्ठ ५८९ र खुल्ला सदस्यमा पूर्णबहादुर नेपाल ५१८ मत ल्याएर विजयी भए ।


ADVERTISEMENT

# # #


माङ्सेबुङ–२ मा नेकाले वडाध्यक्ष र दुई सदस्य तथा एमालेले दुई सदस्यमा विजय हासिल गरेका छन् । काँग्रेसबाट वडाध्यक्षमा पुष्पराज कार्कीले ६७४ मत ल्याएर विजयी भएका हुन् । काँग्रेसका तर्फबाट महिला सदस्यमा राममाया सम्बाहाम्फे लिम्बू र दलित महिला सदस्यमा कमला पोर्तेल विजयी भइन् भने एमालेका तर्फबाटखुल्ला सदस्यहरूमा बलवीर लिम्बू र पूर्णबहादुर बस्नेत विजयी भए।

माङ्सेबुङ–३ मा वडाध्यक्ष र तीनजना सदस्यमा नेकपा एमालेले विजय हासिल गरेको छ भने एकजना खुल्ला सदस्यमा काँग्रेस विजयी भएको छ । एमालेका तर्फबाट वडाध्यक्षमा मैतराज राईले ६१५ मत ल्याएर विजयी भए । एमालेकै तर्फबाट महिला सदस्यमा सङ्गीता राई र खुल्ला सदस्यमा कुलबहादुर लिम्बू विजयी भए भने काँग्रेसबाट खुल्ला सदस्यमा इन्द्रबहादुर लिम्बू विजयी भए।

माङ्सेबुङ–४ मा सबै पदमा नेकपा (एमाले)को प्यानल विजयी भएको छ । एमालेबाट वडाध्यक्षमा अमृतबहादुर राई २७९, महिला सदस्यमा विष्णुकुमारी लिम्बू २९७, दलित महिला सदस्यमा गोमादेवी विक २९१, खुल्ला सदस्यमा धनप्रसाद राई ३०८ र सन्तकुमार कामी २९१ विजयी भए । माङ्सेबुङ–५ मा राष्ट्रिय जनमुक्ति पार्टीका तर्पmबाट वडाध्यक्ष नरेन्द्र राईसहितको प्यानलले विजय हासिल गरेको छ । माङ्सेबुङ–६ मा नेकाका तर्फबाट वडाध्यक्ष प्रदीप राईसहितको प्यानलले विजय हासिल गरेको छ ।