काठमाडौं । रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियल मड्रिडले लेगानेसलाई ३–० ले हराएको हो ।


ADVERTISEMENT


रियल मड्रिडको जितमा सर्जियो रामोस, लुकास भाज्क्वेज र माइसो डी ओलिभेर जुनियरले गोल गरे। ४४ औँ मिनेटमा पाएको पेनाल्टीमा रामोसले गोल गर्दै टिमलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । रामोसले आफ्नो खेल जीवनको १०० औँ गोल गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै ६८ औँ मिनेटमा भाज्क्वेजले गोल गरे । ७७ औँ मिनेटमा डी ओलिभेराले गोल गरेपछि रियल मड्रिडले ३–० को जित निश्चित गरेको हो ।

यो खेलमा हालै म्यानचेस्टर सिटीबाट आएका ब्राहिम डिएजले रियल मड्रिडबाट डेब्यु गरे । १९ वर्षका डिएज गएको हप्ता १५ मिलियन पाउण्डको सम्झौतामा रियल मड्रिड आएका हुन् ।

उनी थप खेलाडीको रुपमा अन्तिम १२ मिनेट बाँकी हुँदा मैदान आएका हुन् । अरु खेलमा एथ्लेटिको मड्रिड जिरोनासँग १–१ को बराबरीमा रोकियो । यस्तै गेटाफेले रियल भालाडोलिडलाई १–० ले हरायो भने भिल्लारियल र स्पानियोलले २–२ को बराबरी खेलेका छन् ।