काठमाडौं । स्टार खेलाडी नेइमारको टिम पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कपबाट अप्रत्यासित रुपमा बाहिरिएको छ ।


ADVERTISEMENT


फ्रेन्च लिग वानको लिडर तथा लिग कपको साबिक विजेता पिएसजी लिग वानको पुछारमा रहेको गुइनगाम्पसँग पराजित भएर लिग कपबाट बाहिरिएको हो ।


ADVERTISEMENT

# # #


पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । ६२ औँ मिनेटमा नेइमारले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । तर अन्तिमको १० मिनेट पिएसजी सम्हालिन सकेन ।

गुइनथाम्पले पेनाल्टी पायो । ८१ औँ मिनेटमा पेनाल्टीमा यानी एनग्बाकोटोले गोल गरे । यस्तै इन्जुरी समयको तेस्रो मिनेटमा पाएको पेनाल्टीमा मार्कस थुरामले पेनाल्टी मार्फत विजयी गोल गरे र पिएसजी क्वाटरफाइनलबाटै बाहिरियो ।

गुइनगाम्प सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै लिग वानमा रेलिगेशनबाट जोगिन संघर्ष गरिरहेको थिएरी हेनरीको क्लब मोनाको पनि सेमिफाइनलमा पुग्यो ।

मोनाकोले रेनिससँगको खेलमा निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा मोनाको ८–७ ले विजयी भयो ।