पौष २६, काठमाडौं । पाँचथर । फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनलमा भारतको रोयल फुटबल क्लब दार्जिलिङ र काठमाडौंको ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुँदैछ।


ADVERTISEMENT


खेल बिहीबार दिउँसो साढे २ बजे फिदिम माविको खेल मैदानमा हुनेछ। आजको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा हुनेछ। सरस्वती युथ क्लब, झापा ११ र त्रिभुवन आर्मी क्लबले यसअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन्।


ADVERTISEMENT

# # #


सेमिफाइनल खेल शुक्रबारदेखि हुनेछन्। पहिलो सेमिफाइनलमा झापा ११ र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।