काठमाडौं – १६ औं अनसनका क्रममा ईलाममा रहेका डा. गोबिन्द केसीको स्वास्थ्यमा समस्या आएको भन्दै उपचारका लागि झापा स्थित बी एन्ड सी अस्पताल लगिने भएको छ ।


ADVERTISEMENT


हिजो बिहिबारबाट नै स्वास्थ्यमा समस्या देखिएका कारण उनलाई थप उपचारका लागि ईलामबाट नजिकको स्थानमा पर्ने बिर्तामोडको बी एण्ड सी अस्पतालमा लाने तयारी भईरहेको डा. केसी निकट श्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


अत्याधुनिक श्रोत साधन र उपचार पद्धती सहित सञ्चालनमा रहेको बी एण्ड सीमा उपचार पछि केसीले अनसनका लागि ईलाम नै फर्कन्छन् या सोही अस्पतालमा अनसन जारी राख्छन् भन्ने चाहीँ यकिन नभएको उनी निकट सुत्रले जानकारी दिएको छ ।

अधिकाँस मागहरु पुरा भए पनि काठमाडौं बाहिर समेत मेडिकल कलेज खोल्न नहुने भन्दै ईलाममा नै अनसनरत डा. केसीको अनसन यसपटक भने आलोचनात्मक बनेको छ । चिकित्सा शिक्षा सुधारको अभियन्ताका रुपमा चिनिएका डा. केसीले दूरदराजका जनताको पहुँचमा मेडिकल शिक्षा रोक्ने अडान राखेको भन्दै उनी समर्थकहरु समेत असन्तुष्ट बनेको बताईएको छ ।

सरकारले समेत केसीका मागहरु संबोधन भईसकेका भन्दै अनसनको औचित्य नभएको स्पष्ट पारेको छ । केसीले छलफलमा भाग नै नलिए पनि उनकै मर्म अनुसार नै चिकित्सा शिक्षा बिधेयक तयार भएको भन्दै अब बस्ने संसदले यस्लाई पास गर्ने सांसदहरुको भनाई छ ।

उपचार पछि केसीले पत्रकार सम्मेलनको आयोजना गर्ने बिषयमा समेत छलफल भईरहेको बुझिएको छ ।