लियोनल मेसीले शुक्रबार राति आफ्नो सानो उमेरदेखिकी प्रेमिकालाई विवाह गरेका छन् । त्यस समारोहमा फुटबलमा केही ठूला नामको सहभागिता रह्यो । मेसी र एन्टोनेला रोकुजोले महँगो होटलमा गरेको विवाहमा २ सय ५० विशिष्ट पाहुनाको उपस्थिति थियो । त्यसमा मेसीका बार्सिलोनाका साथीहरू नेयमर र लुइस स्वारेज थिए ।


ADVERTISEMENT


यस्तै जेरार्ड पिके र उनका कोलम्बियाली पप स्टार साकिराको उपस्थिति थियो । रोसारियोमा भएको विवाहले पूरा अर्जेन्टिनामा सनसनी मच्चिएको छ । यो सहर ब्युनस आयर्सबाट उत्तर पश्चिमतर्फ तीन सय किलोमिटर टाढा छ । विवाह समारोहको समाचार संकलन गर्न १ सय ५० पत्रकार उपस्थित थिए । विवाह कार्यक्रमलाई प्रत्यक्ष हेर्न ठूलो संख्यामा प्रशंसक उपस्थिति रहेको हुनाले पनि कडा सुरक्षा व्यवस्था गरिएको छ


ADVERTISEMENT

# # #


अहिले ३० वर्ष पुगेका मेसीको रोसारियोको तल्लो मध्यमबर्गमा जन्म भएको थियो । उनका दुई दाजुभाइ र एक दिदी छन् । उनका २९ वर्षीया दुलही भने मेसीको नजिकका साथीको नातेदार हुन् । मेसी र रोकुजो सानैदेखि मिल्ने साथी थिए । उनीहरूको विवाहपूर्व नै दुई सन्तान जन्मिसकेको छ ।