रौतहट । नेपाली काँग्रेसका नेता एवं सांसद मोहम्मद अफताव आलमलाई जनताले अभिनन्दन गरेका छन् । रौतहट क्षेत्र नम्बर २ का सांसद आलमलाई उनको क्षेत्रका जनताहरुले ६० किलोको माला सहित अभिनन्दन गरेका हुन् ।


ADVERTISEMENT


रौतहट स्थित परोहा नगरपालिकामा आयोजित एक समारोहका बीच नेता आलमलाई यस क्षेत्रमा विकासको लहर ल्याएर जनताको मुहारमा खुसीको बहार ल्याएको भन्दै सम्मान गरेको स्थानीयहरु बताउँछन् । नेता आलम र जनताबीच मायांको बन्धन गाँसिएको भन्दै अभिनन्दनलाई स्वयंवरको सज्ञा दिईएको सर्वसाधारणहरुले बताएका छन् ।


ADVERTISEMENT

# # #


सम्मान ग्रहण गर्दै नेता आलमले जनताले दिएको बिश्वास र जिम्मेवारीलाई कहिल्यै घात नगर्ने संकल्प गर्दै जनताको खुसी, आफ्नो क्षेत्र संगै देशको विकासका लागि राजनीतिमा आफ्नो जीवनलाई नै समर्पण गरेको उद्घोष गरे ।

अभिनन्दन समारोहमा आम जनता, नेपाली काँग्रेसका नेता कार्यकर्ता लगायत अन्य पार्टीका नेता कार्यकर्ता र सर्बसाधारणहरुको समेत हजारौँको संख्यामा उपस्थिती रहेको जनाईएको छ ।