काठमाडौँ– सरकारले जग्गाको कित्ताकाट खुकुलो बनाएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले डेढ वर्षअघि रोक लगाएको कित्ताकाट खोलेको बताएकी जानकारी दिएकी हुन् ।


ADVERTISEMENT


नागरिकका व्यवहारिक समस्या सुल्झाउन कित्ताकाट खुकुलो बनाइएको उनले बताइन् । ‘अंशवन्डा लगायतका व्यवहारिक समस्या देखिएकाले कित्ताकाट गर्न दिन नापी विभागलगायतलाई निर्देशन दिएका छौं,’ उनले भनिन्, ‘तर खेतीयोग्य जमिन घडेरी बनाउन कित्ताकाट गर्न भने पाइँदैन।’


ADVERTISEMENT

# # #


सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइने मन्त्री अर्यालले जानकारी दिइन् ।