ईलाम । डा. गोबिन्द केसीका बिरुद्धमा ईलाममै बिजय थापा अनसनमा बसेका छन् । शुक्रबारबाट अनसन सुरु गरेका थापाले केसीका कारण चिकित्सा शिक्षा खतरामा परेको भन्दै बिभिन्न मागहरु अघि बढाएका छन् ।


ADVERTISEMENT


मेडिकल शिक्षाको पहु्ँचबाट दूरदराजका जनताहरुलाई अलग्याउन केसी अघि बढेर सत्याग्रहकै मर्मको दूरुपयोग गरेको भन्दै थापाले यस पटकको लडाई वार की पारको हुने उद्घोष गरेका छन् ।


ADVERTISEMENT

# # #


अनसन सुरु गरेका थापाले आफ्नो मागमा समर्थन जनाउन सबै पार्टी, राजनीतिज्ञ, सांसद, व्यवशायी, पत्रकार, जनता लगायत देश बिदेशमा रहेका सबै नेपालीहरुमा आग्रह गरेका छन् ।

थापाको पक्षमा ईलाममा सयौंको संख्यामा शुक्रबार र शनिबार समेत जुलुस निकालिएको ईलाम स्थित हाम्रा सम्वाददाताले जानकारी गराएका छन् ।

यस्ता छन् थापाका माग

थापाले नेपालमा एमडी र पिजी क्लासको कोटा तत्काल कम्तिमा १५ सय पुर्याउनुपर्ने,

तत्काल काठमाडौं उपत्यकाबाहिर देशभरि नै मेडिकल कलेज खोल्ने तथा खोलाउने वातावरण बनाउनुपर्ने,

बंगलादेशबाट डाक्टर पढेर घर फर्किने क्रममा त्रिभूवन विमानस्थलमा दुर्घट्नामा मृत्यु भएका १८ जना डाक्टरहरुको परिवारलाई क्षतिपुर्ति प्रदान गर्नुपर्ने,

सरकारी तलब,भत्ता र सेवारसुविधा लिएर राजनीति गर्नेलाई सरकारी सेवाबाट बर्खास्त गरि कडा कारबाही गर्नुपर्नेलगायतका मागहरु अघि सारेका छन् ।