काठमाडौं । नेपाल बिधार्थी संघका उपाध्यक्ष पवन कुमार यादवले अधिबेशन नभाँडिने भन्दै अब नयाँ तोकिएकै समयमा अधिबेशन सम्पन्न हुने बताएका छन् । पार्टीले तीन महिनाका लागि अधिबेशनको म्याद थप्न लागेको भन्दै सबैलाई अधिबेशन सफल बनाउनकै लागि अघि बढ्न आग्रह समेत गरेका छनु् ।


ADVERTISEMENT


बिधानत : नेबिसंघ अध्यक्षलाई बुझाउनु पर्नेमा पार्टी सभापतिलाई राजिनामा बुझाईएको भन्दै उनले असन्तुष्टहरुको माग अझै पनि बुझ्न नसकेको बताएका छन् ।


ADVERTISEMENT

# # #


‘नेबिसंघ अधिबेशन उन्मुख नै रहेको समयमा किन साथीहरुले असन्तुष्टि जनाउनु भयो भन्ने हामीले बुझ्न सकेका छैनौं उनले हिमालय पोष्टसंग भने ‘भड्काउने भन्दा पनि अब तोकिएको समयमा अधिबेशन सम्पन्न गर्नुपर्छ, यस्मा सबै साथीहरुले साथ दिनुपर्छ ।

नेबिसंघले बाह्रौं अधिबेशनको संघारमा बिभिन्न ४० जिल्लाहरुमा धमाधम अधिबेशन भईरहेको उनले जानकारी दिएका छन् ।

‘बीस बर्ष पछि नेबिसंघमा बास्तबिक बिधार्थीहरुले सदस्यता पाएका छन् उनले भने ‘हामी अधिबेशन गर्नकै लागि लागि परिरहेका छौं, अधिबेशन नगर्न खोजेको भन्ने सन्देश जानु गलत हुनेछ ।

असन्तुष्ट पक्षहरुसंग अध्यक्ष नैनसिंह महरले निरन्तर संवाद गरिरहेको जानकारी गराउँदै यादवले संवादबाटै समस्याको समाधान निकालेर अधिबेशनका लागि एकजुट भएर अघि बढ्ने स्पष्ट पारेका छन् ।

असन्तुष्ट साथीहरुसंग समस्या समाधानका लागि नियमित संवाद भईरहेको छ उनले भने एकजुट भएर नै अधिबेशन गर्नका लागि अघि बढ्ने अध्यक्ष महरको सन्देश रहेको छ ।

अधिबेशनको चटारो चलिरहेकै बेला असन्तुष्ट पक्षहरु निस्किरहँदा यस्बाट बिचलित नभई अधिबेशनमै केन्द्रित भएर लाग्न उनले आग्रह गरेका छन् ।