टिकापुर । कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिका वडा न ५ डोकेबजारमा मोटरसाइकल र हाइस एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। आइतबार राति आठ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २ ख ४०१४ नम्बरको हाइसले विपरीत दिशातर्फ जाँदै गरेको से ५ प ७५५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बौनियाका १९ वर्षका राजन बुढाको मृत्यु भएको हो।


ADVERTISEMENT


ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्ष राज जोशीकाअनुसार दुर्घटनामा घाइते बुढाको घोडाघोडी अस्पताल सुखडमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार बौनियाकै १९ वर्षका उमेश ताम्राकारको उपचार भइरहेको प्रहरीले जनाएको छ।


ADVERTISEMENT

# # #


प्रहरीले हाइस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।