काठमाडौँ– दोस्रो चरणमा असार १४ गते  सम्पन्न ३५ जिल्लाका ३४४ स्थानीय तहमध्ये आइतवार अपरान्ह ४ बजेसम्म २०० स्थानको मतगणना सकिएको छ । केही स्थानीय तहको गणना सकिए पनि औपचारिक घोषणा बाँकी छ ।


ADVERTISEMENT


अझै ११४ स्थानीय तहको मतगणना जारी रहँदा नेकपा एमालेले शुरुदेखिकै अग्रता कायम गरेको छ । १३ नगरपालिका सहित ९१ स्थानीय तह जितेर पहिलो स्थान सुरक्षित गरेको छ । अहिलेसम्म प्रदेश नम्बर १ का तेह्रथुम,धनकुटा,संखुवासभाको मतगणना सम्पन्न भएको छ । त्यस्तै प्रदेश नम्बर ५ का रोल्पा र रुकुमको मतगणना सकिएको छ भने प्रदेश नम्बर ७ का अधिकांश पहाडी जिल्लाको गणना सकिएको छ ।


ADVERTISEMENT

# # #


डोटी, बझाङ, डडेलधुरा, बैतडीका सबै स्थानीय तहको गणना सकिएको छ भने बाजुरा र दार्चुलाका एकरएक तहको गणना बाँकी छ । दोस्रो चरणको चुनावमा एमालेले धनकुटा र माओवादीले रुकुमका सबै स्थानीय तह जितेर क्लिन स्वीप गरेका छन्

कांग्रेसले २० नगरपालिका सहित ७६ स्थानीय तह जितेर एमालेलाई पछ्याइरहेको छ । कांग्रेस र एमालेबीच बढिमा २० स्थानीय तहको अन्तरमा प्रतिस्पर्धा भइरहेको छ ।

माओवादी केन्द्रले ३ नगरपालिका सहित २९ स्थानीय तह जितेर तेस्रो स्थान सुरक्षित गरेको छ । चौथो स्थानमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले दुई दुई स्थानीय तह जितेका छन् भने फोरम लोकतान्त्रिकले एक स्थानीय तह जितेको छ ।